अामा र म

आमाका ती दुधका
लाम्टा चुसेर
हुर्केको म।
ती दुधका सहस्र धारा
होइनन्
ती त पीयूष धारा
हुन्
जसलाई स्वर्गमा भगवानले
पिउने गर्दछन्।
प्रत्येक दुधका धारामा
म आमाको प्राण
देख्छु
आमाको आत्मा
देख्छु।

आमा मेलाबाट कति
बेला फर्किन्छिन
भनेर घरको सुरबाट
देख्न सकिने सम्म
बाटो हेर्दै बढेको म।
मेलाबाट फर्केपछि
काखमा लडिबुडि
गर्दै
आमाको पोल्टामा
केही छ कि
भन्दै खोतल्दै
हुर्केको म।

आफ्नो गाँस काटेर
स्नेहले भरिएको
केही टुक्रा
मिस्री चपाएर
जवान भएको म।

अहिले आमाको लागि
नयाँ धोती किन्न
सकेको छैन।
चिसो र धुलोले
चर्चरी फुटेका
खुट्टामा ग्लिसिरिन
लगाउन सकेको
छैन।

आमाको महिमा
गाउँदा गाउँदै
केही गर्न
सक्या छैन।

आमा धैर्य गर्नुस
एकदिन अवश्य
सुख आउनेछ
तिमीलाई दुख
भोग्नुपर्ने छैन
मैलो धोतीले जिउ
छोप्नुपर्ने छैन।
बनारसी साडीले
तिमीलाइ सजाएर
भगवान झैं
पूजा गर्नेछु
तिम्रो सेवा
गर्दै बस्नेछु।

No comments

Powered by Blogger.