नरोउ नेपाल आमा
नरोउ नेपाल आमा
एकदिन तिम्रा सन्ततिले
अवश्य सुख पाउनेछन्
लोडसेडिङ्ग अन्त्य हुनेछ
महङ्गाइ अवश्य घट्ने छ
नेताहरु प्रजाको दैलोमा गई माफ माग्नेछन्
भ्रष्टाचारीहरुले सजाय पाउनेछन्।
नरोउ नेपाल आमा
आफ्ना सन्ततिको दुख देखेर
उनीहरु दुई छाक टार्न नसकेर
आउनेछ दिन अवश्य
सधैं कालो बादलले नढाकी
चम्किलो सूर्य देखिनेछ
प्रेट्रोलियम पदार्थको भाउ घट्नेछ।
नरोउ नेपाल आमा
नरोउ नेपाल आमा
पृथ्वीनारायणको देन सम्झेर
लक्ष्मीप्रसादको प्रतिभा देखेर
बालकृष्णको गुण देखेर
आउनेछ कोही यस्तो व्यक्ति
जसले सारा दुख दुर गर्नेछ।
नरोउ नेपाल आमा
कति बस्छौ ननिदाइ
आफ्ना सन्ततिको दुख कष्ट देखेर
त्यो दिन पनि आउनेछ जब
तिमी मजाले निदाउन पाउनेछौ
आफ्ना सन्ततिले प्रगति गरेको देखेर
तिमी आफैलाई गर्व गर्नेछौ।
एकदिन तिम्रा सन्ततिले
अवश्य सुख पाउनेछन्
लोडसेडिङ्ग अन्त्य हुनेछ
महङ्गाइ अवश्य घट्ने छ
नेताहरु प्रजाको दैलोमा गई माफ माग्नेछन्
भ्रष्टाचारीहरुले सजाय पाउनेछन्।
नरोउ नेपाल आमा
आफ्ना सन्ततिको दुख देखेर
उनीहरु दुई छाक टार्न नसकेर
आउनेछ दिन अवश्य
सधैं कालो बादलले नढाकी
चम्किलो सूर्य देखिनेछ
प्रेट्रोलियम पदार्थको भाउ घट्नेछ।
नरोउ नेपाल आमा
नरोउ नेपाल आमा
पृथ्वीनारायणको देन सम्झेर
लक्ष्मीप्रसादको प्रतिभा देखेर
बालकृष्णको गुण देखेर
आउनेछ कोही यस्तो व्यक्ति
जसले सारा दुख दुर गर्नेछ।
नरोउ नेपाल आमा
कति बस्छौ ननिदाइ
आफ्ना सन्ततिको दुख कष्ट देखेर
त्यो दिन पनि आउनेछ जब
तिमी मजाले निदाउन पाउनेछौ
आफ्ना सन्ततिले प्रगति गरेको देखेर
तिमी आफैलाई गर्व गर्नेछौ।
Leave a Comment