यो चिसो अनि चिसो विचार





म सूर्योदयको प्रतीक्षामा छु।शिशिर याम छ,
जाडोले शरिर काँपिरहेको छ।
झ्यालमा बसेर शिशिर याममा रुखका पातमा लागेका शीतका कणहरु हेर्दै छु। बाहिर सुनसान छ,मेरो मुखबाट अनवरत रुपमा तातो बाफ निस्किरहेको छ।
सूर्यको लाली किरण पूर्वको क्षितिजमा अलि अलि गर्दै देखिन्छ र रुखका पातमा भएका शीतका कणहरु तपतप गर्दै भुइँमा झर्दैछन्।
जाडोले सताइएका केटाकेटी र बुढाबुढी बिस्तारै घरको आँगनमा
निस्कदैछन्।मेरो शरीरमा पनि विस्तारै सूर्यको प्रकाशले स्पर्श गर्छ।
मन आनन्दित हुन्छ।
के मेरो जीवनमा पनि यस्तै सुर्यको प्रकाशले स्पर्श गर्ला त ?
आफ्नो जीवनको हालबारेमा बुझ्न मन लायो।
लथालिङ्ग जीवन
सपनाको चाप
असन्तुष्ट आत्मा
तनावपूर्ण मगज
म खोजिरहेछु अस्तित्व।
मेरो लागि प्रत्येक दिन कुनै दिन होइन।
बिहानीको सुनौलो घामको किरणजस्तो दिन छैन मेरो।
भन्छन् प्रत्येक दिनमा सुनौलो अवसर आउँछ।
तर मेरो लागि प्रत्येक दिन सुसाइडल स्टेट हो ।
कुनै डम्ब मेमी देखेर एकैछिन हाँसेपनि सुसाइडल स्टेटमा म पुगेकै हुन्छु र यसैगरी विसङ्गतिपूर्ण जिन्दगी बाँचेकै छु।
मन एकतमासको हुन्छ,
बा आमाका सपना कता तुहिए?
मेरा सपना ?
स्कुलमा गुरुहरुले राखेका अपेक्षा?
खै केही सोच्नै सकिन्न।
आफू हुनुको अस्तित्व खोज्छु।
म किन जन्मिएँ ? केही पाउन ? केही गुमाउन ?
के पाएँ ? के गुमाएँ? प्रश्न पछि प्रश्नको झटारो ।
खाली शून्य पाउँछु।
जीवनमा सङ्गति खोज्छु
विकृति विसङ्गति पाउँछु।
खै के नमिले नमिले जस्तो। आजकल ममा नित्सेको भूत
चढेजस्तो लाग्छ। बस फरक छ कि उ वेश्याबिना सुत्न सक्दैन।
मलाई सुत्नको लागि कुनै वेश्याको आवश्यक पर्दैन।
एक्कासि कफि खान मन लाग्छ
कफिको तुलतुल लाग्छ,मेरा पाइलाहरु डेड पाराडाइज तिर लागे। म टेबलमा बसेर कफीको पर्खाइमा थिए ।
एक्कासि मेरो नजर सेतो दार्ही भएको बुढो मान्छेमा पर्यो।
कता कता देखेजस्तो लाग्यो , मैले एकैछिन गम खाए
अनि बल्ल चिने  रसियन बुढा "लियो टाल्स्यटाय"। आफ्नो उपन्यासको केही अंश अरुलाई सुनाउदै थिए।1
उता हातमा चुरोट छोपेर माथितिर हेर्दै स्वर्गका अप्सरासँग कुरा गर्दै रैछन् महाकवि देवकोटा ज्यू।
शँकर लामिछाने कुनै एब्स्ट्राक्ट चिन्तनमा डुबिरहेका थिए।
उता पल्लो छेउको भित्तामा भ्यानगग आफ्नै क्यानभासमा रमाइरहेका थिए। माइकल एन्गेलो आफूले बाँचुन्जेल पेटभर खान नपाएको तर मरेपछि आफ्ना पेन्टिङ करोडौँमा बिकेको कुरामा चित्त दुखाउँदै थिए।विलियम सेक्सपियर बुढा नि देखा परे। जो कहिल्यै स्कुल गएनन् तर पनि नामुद साहित्यकारको रुपमा स्थापित भए।नाम कमाउन बस असल कर्म गर्नु पर्दो रैछ
पढाइ भन्ने कुरा त त्यस्तै हो जस्ता विचार मेरो मनमा खेल्न थाले।कोही "मेरो प्यारो ओखलढुङ्गा"नामक कविता वाचन गर्दै मेरो सामुन्ने आयो।घोरिएर हेरेँ वेटर पो रहेछ।
वेटर मेरो टेबलमा कफी राखेर मुसुमुसु हासिरह्यो।
कफी राखेर वेटर एक्कासि गायब भयो।
पछि बल्ल चिने सिद्दिचरण श्रेष्ठ पो वेटरको भेषमा आएका रहेछन्।आफूले आफैलाई धिक्कारेँ,चिन्न नसकेकोमा।
मेरो छेउमा रवीन्द्रनाथ टैगोर बुढा आए र सान्त्वना दिन थाले,"हे बालक तँ एक्लो भएर किन दुख मान्छस्? आफ्नो बाटो हिडिराख् पाइला अगाडि बढाइराख्।कसैले बोलाएन भनेर किन दुख  मान्छस्"? म उनका कुरामा सहमत हुन्छु।
कफीको एक सिप पनि मैले लिएको थिएन।
कफी एकै घुट्कोमा सबै पिएँ र आफ्नो बाटो लागेँ।

3 comments:

Powered by Blogger.