प्रेम र जीवन

सामाजिक सञ्जालमा उसको र मेरो भेट भयो।
हाम्रो कुरा खुब मिल्थ्यो।
रुचि नि लगभग उस्तै नै भगवानले जुराएको ठहरियो। औपचारिक रुपमा भने
हामी  बानेश्वरमा भेट भयौँ।
सिभिल हस्पिटलको अगाडि बसेर खुब कुरा गरिन्थ्यो ।
उसको तार्किक क्षमता भने अलि विशिष्ट किसिमको थियो।
जस्तो सुकै कुरालाई पनि उ गतिलो आधारले खण्डन गर्न सक्थ्यो। उसको तार्किक क्षमता देखेर म अचम्मै परेको थिएँ।
उ सोझो नै थियो। हामी तिन चार घन्टासम्म कुरा गरेर थाक्दैनथ्यौँ।तर उसले भित्र निकै भयङ्कार पीडा लिएर बाँचेको रैछ जुन कुरा निकै पछि था भयो।उसकै कथा म आज हजुरहरुलाई बताउन गइरहेको छु।
उसको नाम जिम(नाम परिवर्तन) थियो। उसले डेला(नाम परिवर्तन) गरेको केटीलाई निकै प्रेम गर्दो रैछ।
कुनै प्रोजेक्टमा उनीहरु सँगै काम गरेका रहेछन्।
केटी हाइ क्लास फ्यामिलीकी थि तर पनि उनीहरुको साथीत्वमा कुनै पनि किसिमको परिवर्तन आएन।
त्यो साथीत्व विस्तारै प्रेममा परिवर्तन भयो।
प्रेमले संसारको जुनसुकै भाषा पनि सिकाउँदछ भन्ने कुरा हजुरहरुलाई थाहा नै होला। जिमको अङ्ग्रेजी पनि सुध्रिदै गयो डेलाको सङ्गतले।
सरकारी स्कुलमा पढेको मान्छेको अचम्म लाग्दो अङ्ग्रेजी देखेर म तीन छक परेको थिएँ।
समयको अन्तरालसँगै दिनहरु बित्दै गए।
उनीहरुको माया प्रेम झन गाढा हुँदै गयो।
केही समयपछि केटी एक्कासि गायब भइ।
धेरै खोजतलास पछि जिमले बल्ल था पायो कि डेला ब्रेन ट्युमरबाट ग्रसित रैछे ।
उपचारकै क्रममा उसको प्राण पखेरु उडेको कुरा पनि उसले था पायो।
जिम छाँगाबाट खसेझै भयो।
उसको अगाडि चारैतिर सन्नाटा छायो।
उ अवाक् भयो ।
"हे दैव ! तिमी कति निष्ठुरी? मेरो एउटै सहारा
जसले मलाई जिउन सिकायो,बाँच्न सिकायो उसले नै छोडेर गयो अब म कसको लागि बाँच्ने?" भन्दै चिच्याउन थाल्यो। केही समयको रोदन पछि उसले आफूलाई सम्हाल्न खोज्यो।
समय बित्दै गयो तर उसले डेलालाई भुल्न सकेन।
उ डेलालाई दिन रात सम्झिन्थ्यो ।
डेलाले उसमा यती प्रभाव पारेकी थि कि उसले उसलाई आफ्नो मनमुटुबाट निकाल्न सकेन।
एक चोटी उसले सामाजिक सञ्जालमा आफ्नो परम प्रिय
मायालुको फोटो राखेको थियो जुन तस्बिर मैले नि हेर्ने अवसर पाएको थिएँ। समय बित्दै गयो। उसले अब म कुनै केटीलाई पनि प्रेम नगर्ने भनेर प्रण गरेको थियो।
प्रेम के गर्दैन भनेर  हुन्छ र ?
प्रेम आफै स्वतस्फूर्त रुपमा ह्ृदयको भित्री भागबाट आउने गर्दछ। फेरि विदेशमा भएकी केटीसँग उसको प्रेम भएछ। उसले आफ्नो मुुटुलाई सम्हाल्न खोज्दै थियो तर मुटुले के मान्थ्यो र ! फेरि पनि उ प्रेमको गहिरो गल्छीमा डुबुल्की मार्यो कैले नि किनारमा नआउने गरि।
एक्कासि जिम मेरो कन्ट्याकमा आउन छोड्यो ।
न त फोन सम्पर्क भयो
न त सामाजिक सञ्जालमा ।
केही समयपछि उसले आफ्नो एकाउन्ट बन्द गरेछ।
मेरो मनमा शंका पस्यो कहीं कतै केही त भएन ?
कतै आत्महत्या त गरेन ?
प्रेममा धेरैले आत्महत्या गर्छन भन्ने कुरा सानैबाट सुनेको थिएँ। मेरो मन एकतमासको भयो ।
केही सोच्न सकेन। समय बित्दै गयो सामाजिक सञ्जालमा भेट भयो । खासै पैला जस्तो खुलेर बोलेन।
मैले निकै कर गरेँ तर उसले केही पनि खोलेन।
मलाई शंका लाग्यो कि उसमा केही गहिरो घाउ छ जुन घाउले बेलाबेलामा निकै राम्रोसँग झस्काउँछ।
निकै करकारपछि उसले मसित औपचारिक भेट हुनको लागि राजी भयो। सधैंको झैँ हामी श्रीलङ्का होटेलमा भेट भयौँ।अनि हाम्रो कुरा  अगाडि बढ्यो।
त्यो विदेशमा भाकी केटीको बिहे भयो यार अब म बाँच्न सक्दिन ।
मेरो जीवनमा यस्तो किन हुन्छ? के मलाई माया गर्ने मान्छेसँग मलाई जिउने अधिकार छैन भन्ने मलाई सोध्न थाल्यो। म निर्जीव वस्तु झैं भएँ । म के नै पो गर्न सक्थेँ र उसलाई सम्झाउन बाहेक। उ खाली मर्ने कुरा मात्र गरिरहन्थ्यो। समयको गतिसँगै उसले आफूलाई सम्हाल्दै  गयो। जुन दिन उसले मलाई यो कथा सुनाएको थियो त्यो दिन म राति सुत्न सकेन।सायद मैले पनि कसैलाई प्रेम त गरेको थिएँ। कसैबाट म प्रेम पाउन निकै लालायित थिएँ।
प्रेमको यस्तो रुप पनि हुँदो रहेछ भन्ने कुरा मैले प्रकाश कोविदको " चोट प्रतिको चोट" नामक उपन्यास पढेर थाहा पाएको थिएँ । जुन उपन्यास पढ्दाको तिन दिनसम्म मेरो मनमा निकै गहिरो छाप परेको थियो।
उसको कथाले पनि केही दिनसम्म मलाई अस्तव्यस्त तुल्यायो। प्रेमले जीवनमा कति फरक पार्दो रहेछ भन्ने कुरा मलाई साथीको साँचो कथा र प्रकाश कोविदको उपन्यासबाट थाहा पाएँ। जुन अनुभव गर्न मैले मौका पाए नँ। सायद भगवानलाई यही नै सहि लागेको थियो होला।
त्यसपछि प्रेमको परिभाषा मलाई निकै भिन्न लाग्यो।
प्रेमसँगै
जीवन

मृत्यु
पनि आउने अनुमान गरेँ।चोटप्रति चोट उपन्यासको पात्र र मेरो कथाको पात्र दुबारा प्रेम गरेर पुरानो घाउलाई झन बल्झाउने काम गरे।

No comments

Powered by Blogger.