अतितको बिस्कुन


सानोमा म निकै हरामी थिएँ। बुवा जागिरको क्रममा हुम्लातिरै हुनुहुन्थ्यो।आमा बिहान उठेपछि बेलुकासम्म दिँयाबाच्छा,मेलापात गरिरहनुहुन्थ्यो।दाजु भने सारै पढन्ते हुनुहुन्थ्यो, आँटि छाड्नुहुदैनथ्यो।खाना पकाउन सानैबाट सिकेको थिएँ।साग भुट्टाभुट्दै म टाढा टाढा पुग्थेँ, कता कता जान्थे आउँदा तरकारी डढेर खान नसक्ने भैसक्थ्यो।एकदिनको कुरा हो सधैं झैं म कतै गएर ढिला फर्केको थिएँ। आमाले भित्र सिस्नोको मुठो ठिक पारेर राख्नुभएको रहेछ । म भने आमा रिसाउनु भाछैन भन्दै आमाको मिठो बोलीमा लिप्त भएको थिएँ।
भित्र मात्र के पुगेको थिएँ आमाले सिस्नाको मुठोले झ्याम झ्याम चुट्न थाल्नुभयो। म भने सिस्नोको पोलाइले रन्थनिन थालेँ।घर नजिकै बुढो घर थियो त्यस रात म हजुरबुवा हजुरआमासँग सुतेँ।एवम रीतले जिन्दगीहरु बित्दै थिए। म खासै सुध्रिएको थिएन
आमाले एकचोटि गोबरमा मजाले पछार्नुभयो ।
त्यो दिन मलाई अझै पनि याद आउँछ।
त्यो दिनबाट मैले गल्तीहरु धेरै कम गर्न थालेँ।
अझै पनि आमा भन्नुहुन्छ तैँले सानोमा कति दुख दिइस् अझै पनि दिदैछस भनेर।आमा भन्नुहुन्छ ,"तलाइँ मैले पच्चीस ठाउँमा लगेर बचाइकि हुम्। धेरै रात म निदाएको छैन।"अचम्मै लाग्छ अामाको माया देखेर ।
यो संसारमा आमाले जस्तै सबैले माया गर्ने हो भने कति राम्रो हुन्थ्यो होला। आमा अझै पनि वस्तुभाउ र  खेतबारीमै अल्झिनु भएको छ। खुट्टा चर्चरी फुटेका छन्।
फुर्सद एकैछिन छैन।
थाइराइड्ले सताइरहन्छ औषधी खाइरहनुपर्छ।
अझै पनि आमाले हिम्मत हार्नुभएको छैन।
बिहान पाँच बजेदेखि बेलुका आठ बजेसम्म पन्ध्र घण्टे डिउटी गर्न थालेको धेरै भयो । उहाँको जीवनमा कुनै परिवर्तन आएको छैन।पैला जस्तो छ अहिले नि त्यस्तै छ।
आमाको दुख देख्दा मेरा आँखा रसाउँछन् तर केही गर्न सकेको छैन । खै कैलेसम्म यो सिलसिला चल्ने हो र यो पनि था छैन कि
ममा फिक्सनको भूत कैले सम्म चढ्ने हो।

1 comment:

Powered by Blogger.