प्रकृति र विज्ञान

प्रकृति जसलाई यो जगतको निर्माता  तथा विकास गर्ने भनेर  चिन्न सकिन्छ।
प्रकृति जसलाई कसैले बुझ्न सक्दैन।
प्रकृति आफैमा पूर्ण छिन।प्रकृतिकै काखमा जन्मेको विज्ञान जसले आज प्रकृतिलाई ठाडो चुनौती दिएको छ।
प्रकृति चुप छिन् नादान बच्चाले आफूसँग भिड्न खोजेको  कुरालाई लिएर।प्रकृति उनीले विस्तारै आफ्नो कदमहरु चाल्छिन्। जुन कुरा कसैलाई था हुँदैन।
संसारमा सन्तुलन ल्याउनको लागि उनले अनेक कदमहरु चाल्छिन।
अल्पवृष्टि , अनावृष्टि ,अतिवृष्टि र खण्डवृष्टि।
यसैगरी  बाढी , पहिरो र  भूकम्पका साथसाथै अनेक रोगहरुको सनसनी फैलाउँछिन।
उनीमाथि अनेक पीडाको बोझ छ।
उनले आफैले दुध चुसाएका सन्तानहरुको लास देख्नुपरेको छ।
उनले बनाएको सुन्दर संसार अणुबमले ध्वस्त भएको छ।
आफूले बनाएको मानव प्राणी चन्द्रमामा र मङ्गल ग्रहमा पुगेको कुराले उनलाई खासै खुसी लागेको छैन , किनभने माथि जानको लागि आवश्यक पर्ने सबै स्रोतवस्तुहरु प्रकृतिकै अंश हुन्। तर यो कुरा आज मानवले भुलेको छ ।सायद उ विज्ञान र प्रविधिमुखी भएको कुराले होला।
एक दिन इतिहासमै नभएको प्रकृतिको उग्र रुप देखिने कुरामा दुई मत छैन।
  

No comments

Powered by Blogger.