सपना र म

प्रत्येक सपनामा मलाई आत्माहरुले मसानघाटमा लगि
जलाएको देख्छु।आत्माहरु हड्डीका बाजा बजाउँदै उफ्रिएको देख्दा निकै तर्सिन्छु तर पनि म विवश छु
सहन बाध्य छु। आफै देखि वाक्क लाग्छ ,
दिक्क लाग्छ जिन्दगीदेखि।हिजो महाकवि होमर आएर इलिएड र ओडेसीको किस्सा सुनाएर गए।
महाकवि लक्ष्मीप्रसाद आएर आफ्नो कला देखाएर गए।
म्याक्सिम गोर्की आएर आमा उपन्यास र रुसको क्रान्तिबारेमा चेताएर गए। म निरिह छु अवला छु।
शंकर लामिछाने चुरोट तान्दै आएर एब्स्ट्राक्ट चिन्तनको बारेमा सिकाउन खोज्दै थिए।
मर्लिन मुनरो आएर आफ्नो अनुहार देखाउँदै थिन, प्लेब्योइ म्यागजिनको। यहाँ बिपनीमा मलाइ हरेक मानिसले हर दिन फरक फरक कुरा सुनाउँछन्।
रङ्गिन छ दुनियाँ
रङ्गिन छ मैले ओढेको खोल
सबैले मलाई रङ्गिन देख्छन्।
तर म रङ्गिन छैन
बस रङ्गिन त मैले ओढेको खोल
मात्र हो।
बाँकी कुरा सबै सादा छ ।
के सबै जुलिएस सिजार हुन्छन्?
के सबै क्लिओपाट्रा हुन्छन्?
के सबै बोनोपार्ट हुन्छन्?
हो म पनि तिनै व्यक्तिहरु मध्ये एक हुँ।
मलाई सपनीमा आएर तर्साउने नगर
मलाई स्वतस्फुर्त रुपमा बाँच्न देउ।
मलाई आफू हुनुको आभाष देउ।
कति अरुको इशारामा चल्ने रोबोट बनाउँछौ?
बरु मलाई नैतिक शिक्षा देउ तर कुनै धार्मिक प्रवचन नदेउ।
धार्मिक प्रवचन जुन एउटा धर्मको एउटा र अर्को धर्मको अर्को हुन्छ।
ती बिचमा यति धेरै भिन्नता हुन्छ कि छुट्टाउँदैमा मेरो जीवन गुज्रिनेछ।
मलाई कुनै रनभुल्लमा नपार
आफ्नै तरिकाले जीवन जिउन देउ।
अब त छाडिदेउ आत्मा।
यदि तिमी नि आत्माको आतङ्कबाट बच्न
चाहन्छौ भने सपना नदेख।
सपना फगत हो फगत
तिम्रा सबै खुशी सपनाले नै चुँडेर लैजान्छ।
सपना पुरा हुन नदिने बाधक तत्वहरु यहाँ चारैतिर पाइन्छन्। 

No comments

Powered by Blogger.