प्रश्न उत्तर










जीवन के हो ?

नाटक सिसीफस र इडिपसको कथाजस्तै हो ।

तर मानिसले देखाउने नाटकभन्दा नाटकघरको नाटक धेरै राम्रो
प्रेम के हो ?
प्रेम मुटु दुखाउने साधन हो
पैसा के हो ?
पैसा कमिना चिज हो
यसले मानिसलाई अन्धो बनाउँछ
समग्रमा भन्नुपर्दा पैसा र प्रेम दुबै कमिना वस्तु हुन् ।

सत्य के हो ?
समयसापेक्ष सत्य हो
एउटा सत्य सबै समयमा सत्य हुन सक्दैन ।
धर्म के हो ?
मानिसलाई बाँध्ने डोरी हो ।
विज्ञान के हो ?
प्रकृतिभित्र पाइने वस्तुहरुको सही संयोजन नै विज्ञान हो ।
नित्सेको द गे साइन्स भन्ने कुरा कत्तिको गहन छ ?
एकदमै गहन छ । विज्ञानले मानिसको रचनात्मक क्षमतालाई नष्ट गरिरहेको छ ।
कला के हो ?
कला ? कला आफैमा सुन्दर वस्तु हो तर धेरै कलाहरु कुरुप जीवनबाट प्रतिपादित भएका छन् । अकोर्डिङ्ग टु देवकोटा कुरुप जीवनलाई सुन्दर बनाउने कसी ।
के मानिस पुर्ण हुनसक्छ ?
मानिस पुर्ण भएको भए आजसम्म यो पृथ्वी रहने थिएन ।
के मानिसको दिमागले १०० प्रतिशत काम गर्न सक्ला त ?
अहँ सक्दैन । यदाकदा कसैको दिमागले १०० प्रतिशत काम गर्योै भने उसले अर्को संसार बनाउन सक्छ तर दुखको कुरा यो हो कि यो संसारमा यति धेरै कुरुप रहस्यहरु छन् ती रहस्यहरु जानेर मानिस बाँच्न सक्दैन ।
मानिसले के चिज बढि अरुलाई प्रदर्शन गर्छ ?
अहंकार
मानौँ तपाइको अन्तिम समय आयो ? तपाइको अन्तिम इच्छा के हो ?
म मेरो अगाडि सम्पुर्ण मानिसहरुको अहंकार नष्ट भएको देख्न चाहन्छु ।
सुख के हो ?
सुख भ्रम हो, सुख क्षणिक छ ।
दुख के हो ?
दुख यथार्थ हो । यथार्थले मानिसलाई कहिल्यै छाड्दैन । यानेकी मानिसको जीवनमा सधैं दुख छ । सुख एकपलको हो किनभने सधैँ सुख भए यो संसारको उहिल्यै नष्ट भईसकेको हुन्थ्यो ।
समय बित्दै जानु भनेको आफ्नो काल घट्दै जानु हो ।
समय बित्दै जाँदा दुखी हुनुपर्दैन । किनकि जति चाँडो समय आउँछ त्यति नै चाँडो मुक्ति पाइन्छ ।

No comments

Powered by Blogger.