बाथरूम




मलाइ कविता लेख्न आउँदैन । यो कविता खासमा मैले नाट्यसम्राट बालकृष्ण समको कविता मेरो नुहाउने कोठाबाट प्रभावित भइ लेखेको हुँ । शब्द फरक छन् तर भाव भने उहीँ आउँछ ।

बाथरुम 

प्रत्येक दिन
प्रत्येक दिनको उषामा
म आनन्दित हुन्छु
म एक्लो छु
म एक्लो छु
मेरो आफ्नै बाथरुममा
बाथरुमको चार भित्तामा
मेरो बाथरुम स्वर्गका
अप्सराहरुले नुहाउने
खालको छैन
मेरो बाथरुम त ऐना हो
यसले दृश्य प्रतिविम्बित गर्छ
भावना, मनका पीडा देखाउँछ ।
मेरो बाथरुम मेरो लागि ज्वरशमना हो ।

यहाँ बग्ने पानीका कणहरु
प्रेमिकाका मुलायम हात
जस्तै प्रिय छन्
यहाँ मलाइ कसैले घोच्न सक्दैन
म सर्वाङ्ग नाङ्गो छु
म यहाँ बाहिरजस्तो कुनै कुरा
लुकाउन सक्दिंन
भौतिक, मानसिक दुबै रुपमा
म स्वतन्त्र छु, खुला छु ।

यहाँ न त अणुबमको सन्त्रास छ
न त रगतको खोला नै
आनन्द छ स्वर्गको कुनै महफिलजस्तो
कसैको अधिनायकवाद चल्दैन
स्वच्छ छ, सफा छ


तर म
तर म
यहाँ मात्र बसेर पुग्दैन
मलाइ फेरि बाहिरी दुनियाँमा जानु छ
गुलाफको हाँसोमा उन्युको रोदन
जस्तै हुनु छ
अरुको लागि बाँच्नु छ
अरुको लागि हाँस्नु छ
समाजले तोकेको कृत्य गर्नु छ
दिनदिनै मर्नु छ
बाहिरको संसारले भतभती पोल्छ
त्यहीं संसारमा पोलिनु छ
त्यहीं संसारमा पिल्सिनु छ ।

No comments

Powered by Blogger.