बाबाजीकाे छाता

बाबाजीको छाता 


ट्विटरमा बाबाजी नामका एकजना छन्, मलाइ उनको खास नाम थाहा छैन । उनी रेडियोमा काम गर्छन् जस्तो लाग्छ अरु औपचारिक चिनापचारी छैन । ट्विट लेखिरहेका  हुुन्छन् म ट्विट देखिरहेको हुुन्छु । हिजो बाबाजीले छाता हराए । छाता हराएको कुरालाई उनले ट्विटमार्फत् व्यक्त गरे । त्यति मात्र कहाँ हो र ? उनले छातासम्बन्धि थ्रेड नै लेखे । उनको त्यो थ्रेड पढ्दा यस्तो लाग्यो कि मानौँ त्यो छातासँग उनको गहिरो सम्बन्ध थियो  । उनकी भूतपूर्व प्रेमिकाले उनलाई उपहार पनि दिएको हुनसक्छ । उनी भूतपूर्व प्रेमिकालाई असाध्यै माया गर्नसक्छन् । छाताले घामपानीमा साथ दिने हुनाले बाबाजीलाई कहिल्यै कष्ट नहोस् भनेर पनि प्रेमिकाले उपहार दिएको हुन 
सक्छ । 


कसैले अचम्म माने, कसैले पाजी छाता हराएर पनि रुने भने । हर व्यक्तिले  आफ्ना आफ्ना क्षमताले भ्याएसम्म छातासम्बन्धि ट्विट लेखे । मलाइ  पनि बडा अचम्म लाग्यो । मैले आजसम्म सय रुप्पेभन्दा बढि हराएको छैन । चार वर्षअगि एउटा आउटर  हराएको थिएँ । आजसम्म हराएको चीज त्यहीं हो । बाबाजीको छातासम्बन्धि त्यति  धेरै लगाव हुनुको कारण पक्कै पनि त्यसमा केही कारण हुुनसक्छ ।

१ मेरो विचार


  बाबाजीको छाताले देशमा भएको संमृद्धिलाई जनाएको छ । अनि बाबाजीले देशमा अनेक कायापलट भएको देख्न चाहने सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गरेका छन् । छाता लिएर भाग्ने टेम्पो होइन त्यो त दुुई तिहाइको सरकार हो जसले सम्पूर्ण नेपालीको आशा भरोसालाई चकनाचुर पारेर टाढा टाढा भाग्न खोजेको छ । बाबाजीजस्तै यहाँ अनेक नेपालीहरु छन् जो निकै समयदेखि नै घामको पर्खाइमा बसिरहेका छन् । अलिअलि घाम लाग्न खोज्छ फेरि उत्ति चाँडै बादल लागिहाल्छ । घाम देखाउन खोज्ने हलिउड बङ्गालो  र मर्सिडिज बेन्जको आशमा अरुसित मतलब गदैन । त्यहीं पनि घामको आशमा अनेक नेपालीहरु भोको पेटमा बसिरहेका छन् । बाबाजी जस्तै दिनकै संमृद्धिको पछि भाग्ने अनेक नेपालीहरु देशका प्रत्येक गल्लीमा भेट्न सकिन्छ । बाबाजी त फगत एक प्रतिनिधि पात्र न हो । 

२ लुसिफरको विचार 


बाबाजीको छातामा दाउद इब्राहिमको ठेगाना छ 
बाबाजी यसरी छाताको पछि लाएको देख्दा यस्तो लाग्यो कि बाबाजी दाउद इब्राहिमको नेपाली एजेन्ट हुुन् । उनले नेपालमा भएको हर कुुराहरु दाउद इब्राहिमलाई बताउँछन् । भन्छन् नि नेपाल माफियाहरुले चलाएको देश हो भनेर । नाथे सुुनतस्करी गोरेले त सरकार ढाल्नसक्ने क्षमता राख्थ्यो रे त अब के दाउद इब्राहिमले के नेपाल हल्लाउन सक्दैन र ? मेरो विचारमा बाबाजीको छाता सरकारका एजेन्टहरुले पत्ता लाएको खण्डमा बाबाजीको जीवन गएन त खेर ? विगत ६९ वर्षदेखि यस्ता दाउद इबांंहिमहरु कति छन् कति । यस्ता दाउद इब्राहिम,  छोटा राजन रबब्लु श्रीवास्तव लगायतका डनहरुले नेपाललाई ध्वस्त बनाए । यस्ता खालका डनहरुका एजेन्टहरु नेपालमा अनेक सहयोग गर्ने हेतुले आउँछन् अनि देशलाई खोक्रो बनाउँछन् ।

No comments

Powered by Blogger.