पुरुषको हातमा नारीको जीवन

महिला र पुुरुष एक रथका दुुई पाङ्ग्रा । प्रकृतिले दुुबैलाई बराबर आफ्नो हिस्सा दियो । तर सभ्यताको विकास हुुँदै जाँदा भने महिलाहरु हेपिदै आए । पुुरुषवाद हावी हुुँदै गयो । अझ पूूर्वमा त के भन्नुु र खै ? अझ हिन्दुु संस्कृतिका धार्मिक ग्रन्थहरुमा नै महिलालाई कति पेलिएको छ बताइसाध्य छैन । हुुन त पश्चिममा पनि धेरै भएको छैन महिलाहरु उठ्न थालेको । जर्मनीकी क्लारा जेट्किनले पहिलो पटक महिलाका हकअधिकारका बारेमा कुरा उठाएकी थिइन् । पश्चिममा महिलाहरुको त्यस्तो दयनीय अवस्था छैन जस्तो अवस्था हाम्रो पूर्वमा अझै विद्यमान रहेको छ ।

तर पूर्वमा भने अझै पनि ज्यादती उस्तै नै छ । पूूर्वकै एउटा सानो देश नेपालमा  बल्ल केही आवाजहरु उठ्न थालेका छन् । मिटुु अभियान अहिले खुुब चर्चामा छ । बल्ल सदियौँ कालदेखि दबिएर रहेका महिला जुुर्मुुराउँदै छन् । आफ्नो शोषण बारेमा बोल्दैछन् । अस्तिभर्खर केही नाट्यकर्मीहरुको कुुकर्म बाहिर आएको छ । केही समय अगि मैले एकजना महिला साथीको संगतले महिला हिंसाबारेमा केही सोंच्न बाध्य बनायो । अक्षर काकाले भनेजस्तो हर पुुरुषभित्र अर्को डरलाग्दो पुुरुष हुुन्छ । महिलाको महिनावारीमा हुुने पीडा र प्रसवपीडाको बारेमा भने सुुनेकै थिएँ । ती दुुबै पीडा प्राकृतिक रुपमा सबै महिलाले नै भोग गर्छन् । त्यहीं पीडाकै कारण यो जगत हराभरा भएको छ । संसार चलेको छ । तर ती महिलाको संगतपछि मभित्रको पुुरुषले ममाथि कहिल्यै हावी हुुन पाएन । मलाइ आफ्नो पुुरुषत्वको सीमामा बाँध्न सहयोग गर्यो । नत्र एक पुुरुष त छाडा साँडे नै हो । यसरी पुुरुषलाई साँडेको उपमा दिँदा केही पुुरुष पत्निव्रता पनि छन् । अझै पनि कति धेरै पुुरुषहरु छन् जो विवाहअगि शारीरिक सम्बन्ध राख्दैनन् । सबैलाई एउटै कसीमा जोड्न मिल्दैन । तर अरुलाई मानसिक रुपमा टचर दिने पुुरुषहरुले भने यस्ता कुुरा बुुझ्नुु जरुरी छ । म आफूूलाई फेमिनिस्ट त भन्दिन । मलाइ फेमिनिस्ममा कहिल्यै विश्वास लागेन  तर यतिसम्म भने विचार गर्नसक्छुु ।  समयमै उसको संगतको कारण मेरो आँखामा रहेको धमिलो पट्टी खालियो । त्यसअगि मैले अलिअलि नसुुनेको होइन । नारीको पीडालाई अझ नजिकबाट नियाल्ने मौका पाएँ । ती महिलाको पीडा सुुनेपछि सेयर नगरी मनले मानेन ।

आज मलाइ अफिसमा बोसले मेरो तिघ्रामा हात राख्दै के छ रमिता भन्दै सोध्यो । म केही बोल्न सकिन । मैले जम्पसुुट लगाएकी थिएँ , हिजो पनि मेरो शरीरलाई घोरिएर हेर्यो । सेक्सुुअल ह्यारेसमेन्टको केस हाल्देउ न त मुुर्दारलाई  जेलमा जान्छ । बोस अविवाहित हो ? मैले सोधेँ । नाइ श्रीमती छ । किन लोग्ने मानिसहरु यस्ता हुुन्छन् ? किन एउटी नारीबाट यिनीहरुको मन भरिन्न ? उ मलाइ प्रश्न गदैथिई । म उसको कुुरा सुुनेर अवाक् भएँ । मलाइ आजसम्म कुुनै पनि केटीले यसरी पुुरुषको महिलाप्रतिको गिद्धे नजरबारेमा बताएका थिएनन् । हुुनसक्छ उनीहरुको जीवनमा कुुनै पुुरुषले त्यस्तो नगर्न सक्छ अथवा गरेको भए पनि सबै कुुरा सुुनाउन उपयुुक्त नठान्न पनि सक्छन् ।

रमिता (नाम परिवर्तन) सित मेरो परिचय सामाजिक सञ्जालमा भएको थियो । उसको र मेरोबीच कसरी यति धेरै गाढा सम्बन्ध बस्यो मलाइ स्वयम् नै थाहा छैन । जे होस् उसको संगतले मैले पुुरुषको जंगली रुपलाई नजिकबाट नियाल्न पाएको थिएँ । रमेश सायनले भनेजस्तो आइमाइको कुुरा बुुझ्नलाई आइमाइकै संगत गर्नपर्छ । मलाइ खासै महिलासित कुुरा गर्न आउँदैनथ्यो । त्यहीं पनि म नजादिँदो तरिकाले उसको नजिक भइसकेको थिएँ ।
बोसलाई केश हाल्देउ न त भन्दा उ आफूू केश हाल्न नसक्ने कुुरा बताइ । यसरी केश हाल्दा मेरो बाँकी रहेको इज्जत सबै सकिने भन्थी । हुुन त समाजले नारीलाई छुुट्टै बन्धनमा बाँधिदिएको छ । पुुरुषजस्तो खुुला छैन महिलालाई । ल ठीक छ म केश हाल्छुु भन्दा समाजले वेश्यको पगरी गुुथिदिन्छ । मैले धेरै महिला देखेकी छुु यस्ता पीडा सहेर बसेका । उ मुुख निन्याउरो पारेर बोल्छे ।
 
 एकदिन फेरि उसले सुुनाइ, था छ आज मलाइ मोबाइल पसलेले रमिता तिम्रो त  ब्रेकअप भयो रे ? हो भनेर सोध्दै थियो । उसको मोबाइलमा समस्या देखिएर मोबाइल पसलमा छाडेको एक महिना भइसकेको थियो । न त मोबाइल बनेको थियो न त मोबाइल फिर्ता दिने कुुरा थियो । रमिता पसलमा आउँछे र यसैगरी फकाउने उसको दाउ थियो । यही दाउको लागि मोबाइल पसलेले रमितालाई झेलाइरहेको थियो । मलाइ यो कुुरा सुुन्दा बढा अचम्म लाग्यो । पुुरुषहरु यतिसम्म गिर्नसक्छन् भन्ने कुुरा था भयो । अनि मनमनै भगवान्लाई धन्यबाद पनि दिएँ, एट लिस्ट मलाइ तिमीले यस्तो पुुरुष बनाएनौ ।
उ पुुरुषबाट निकै नै प्रताडित थिई । बच्चाबेलादेखि अहिलेसम्म धेरै पुुरुषले फन्दामा पारेको कुुरा गर्थी । यसैक्रममा उसले आफ्नो बचपनको कुुरा पनि झिकी ।
म बच्चा बेलामा घरदेखि केही पर डेरीमा दुुध छोडाउन जान्थेँ । घरमा दुुधबाटै परिवारको मुुखमा अन्नपानी परेको हुुनाले नलगी सुुख थिएन । बिहानै ६ बजे नै म दुुध बोकेर डेरीमा जान्थेँ  । डेरी सञ्चालक अन्दाजी ५० वर्षका जस्ता देखिन्थे । उसले धेरै पहिलादेखि नै मलाइ हेरिरहन्थ्यो । तर त्यस दिन अर्कै घटना घट्यो । पसलेले मेरा पलाउन पनि नपलाएका सम्म परेका छातीमा किरो पस्यो भने बेस्सरी निमोठ्यो । मलाइ खबरदारी गर्दै यो कुुरा कसैलाई भनिस् भने म तँलाइ जान्या छुु । मलाइ निकै नै डर लाग्यो , त्यो घटना न त घरमा बताउन सकिन । पछिसम्म डेरीवालाले म सोझो र लाचार भएको फाइदा लुुट्यो ।

यसै क्रममा उसले आफ्ना आफन्तीले शुुद्ध नछाड्ने कुुरा पनि बताई । आफ्नै फुुपूू दिदीको छोरी ज्वाइँले दिदीकै सामुुन्ने यौन सम्पर्क गर्न खोजेको कुुरा आँखाभरी आँशु पार्दै भनेकी थिई ।
सबै पुुरुष एउटै हुुँदैनन् यो त थाहा भएकै कुुुरा हो, न त सबै महिला पनि कहाँ ठीक छन् र ? तँपाइ हामीले पनि देखेकै कुुरा हो । तर उसको विचारमा कुुनै पनि पुुरुष पनि गतिलो लाग्दैनथ्यो । आखिर उसको जीवनमा आउने पुुरुषहरुले गर्दा उसको पुुरुषहरुप्रतिको हेर्ने दृष्किोण परिवर्तन भएको थियो । उ पुुरुषहरुलाई यौनभोगका लागि जे पनि गर्न सक्ने ब्वाँसो सरह मान्थी ।
जागिरको सिलसिलामा उ हिमाली भेगमा गएकी थिई । अफिसकै बोससित उसको प्रेम बसेछ । बोसको अर्कै प्रेमिका भएको कुुरा उसले अलिपछि थाहा पाइ र बोससित झगडा गरी आफ्नै होमटाउनमा जागिर खान थाली । होमटाउनको बोसमा पनि पुुरानै बोसजस्तै बोकापन्तीमा माहिर परेपछि उ जागिर छाडेर काठमाण्डौ आएकी थिई ।
राजधानी आएपछि उसको  र मेरो भेट भयो । उ  निकै नै उदाश देखिन्थी, जीवनबाटै हार खाएजस्तै । आफूूलाई पुुरुषहरुले कठपुुुतलीझैँ खेलाएको बताउँदै प्रेमा शाहको पहेंलो गुुलाब आफूू नै भएको जिकिर गरी । प्रेमा शाहको कथाकी पात्रलाई बरु एउटा मात्र पुुरुषले चुुसेको तर मलाइ भने धेरै पुुरुषले चुसेका छन् । पुुरुषहरुले मेरो अस्तित्वसँग मात्र खेलेनन् उनीहरुले मसित रहेको जीजीविषालाई ध्वस्त पारे । के पुुरुषहरु अरुको जीवनसँग खेल्न जन्मेका हुुन् ? के अरुको जीवनसँग खेलेर आफूूलाई मर्द ठान्छन् । उ यस्तै कुुरा गर्थी । म केही बोल्न सक्दैनथे । उसका कुुरा सुुन्दा मेरो घाँटी सुुकिसकेको थियो । आखिर म के नै गर्न सक्थेँ र ? उसका कुुरा सुुन्दा मेरो मलाइ पुुरुषहरुसितै रीस उठिसकेको थियो । मैले उसलाई आफ्नो तर्फबाट सम्झाउने कोशिस भने नगरेको होइन ।

बीचमा म उदयपुुरतिर गएँ, त्यता गएपनि हाम्रो च्याटमा कुुरा भइराख्थ्यो । एकदिन एक्कासि उसले अब मलाइ मेसेज नगर्नुु म खराब केटी हुुँ भनी ।
खै उसले म खराब केटी किन हुुँ भनी मलाइ थाहा छैन । उसले मलाई आफ्नो खराब पक्ष लुुकाएकी पनि हुनसक्छ । आजकल खराब पक्ष लुुकाएर अरुको अगि साधुुु बन्ने चलन आएको छ । मानौँ उ खराब छे । उ खराब भएपनि उसलाई पुुरुषहरुले गरेको अत्याचार गलत कार्य हो । पुरुषहरुकै कारणले उ खराब भई ।

घरि उ बौलाउने कुुरा गर्थी । घरि डिप्रेसनकै कारणले मर्छुु भन्थी । घरमा उसको सम्बन्ध राम्रो थिएन । बुुवासँग त फिटिक्कै उसको कुुरा जम्दैनथ्यो । घरकाले बिहे गर भन्दा नमानेर अलिअलि भएको सम्बन्ध पनि हराएको थियो । उ यसैगरी बाँचिरहेकी छे । हालचाल उससित मेरो कन्ट्याक छैन , कहाँ छे के गर्दै छे केही अत्तोपत्तो छैन । आफ्नो जीवनमा आएका घटनाहरुलाई समेटेर उ कथा लेख्छुु भन्थी । कति धेरै कथा छन् मसित तँपाइलाई सबै सुुनाउनेछु भन्थी खै आज कता कता बिलीन भइ । यो धर्तीमै छे कि अर्कै दुुनियाँमा छे मलाइ रनभुुल्लमा पारेर छाडेकी थिई । म उसको कथा जम्मा पारेर साँथो कथाको रुपमा लेख्ने मेरो सपना सपनामै सीमित रह्यो ।

 


No comments

Powered by Blogger.