नाटकघर अल्फेद दोसेराममा जे देखियो।


विश्वको मानचित्रमा नपर्ने देश जसलाई अननोन कन्ट्री भनेर  चिनिने गरिन्छ।अननोन कन्ट्रीको क्यापिटल दि लुन्याटिक रिदमको प्रख्यात नाटकघर दि अल्फेद दोसेराममा घ्यार्र घुर्र गर्दै पर्दा खुल्छ।
नेपथ्यमा गन्स एण्ड रोजेजको 'वेलकम टु द जङ्गल'नामक गीतले कान घन्काउँछ।:)


भर्खर एक डोज कोकेन हानेर लठ्ठिएका आँखा देखाउँदै उसले भन्यो,"वेल आइ फकिङ हेट दिस लाइफ म्यान,फक दिस लाइफ
देयर इज नोथिङ्ग टु लुज एन्ड देयर इज नोथिङ्ग टु विन
द्याट्स वे आइ लभ कोकेन
कोकेनवाला गीत गाउन थाल्छ त्यो पनि अङ्ग्रेजीमै।
जसको लिरिक्स यस्तो रहेको छ:


All this talk of getting old
It's getting me down my love
Like a cat in a bag, waiting to drown
This time I'm comin' down
And I hope you're thinking of me
As you lay down on your side
Now the drugs don't work
They just make you worse
But I know I'll see your face again


यु नो म्यान ? डु यु हियर मि?
हे यु फकर कक सकर?
वान सक माइ बाम्बो डिक ?
सन अफ द बिच!
जब म यो दुनियाँ देख्छु वाक्क लागेर आउँछ।
जाली दुनियाँ नौटङ्की दुनियाँ
(नेपथ्यमा सिस्टम अफ अ डाउनको 'फक द सिस्टम'नामको गीत गुन्जिन्छ।)


मेरा कति धेरै सपना थिए
नपुंसक सपना
सपना जो फगत नै हुन्छ
सपना सबै स्खलित भए
सपना सबै तुहिए।
सपनामाथि अनेक बज्र प्रहार हुन्छ


कोकेनवाला-रमिता कहाँ छे?
१-को रमिता
कोकेनवाला-उहि क्या लास्ट बेन्चमा बस्ने
१-अहो त्यो पटाका
कोकेनवाला-अँ के पटाकावाली
१-खै कता छे यार तर लास्ट सेक्सी लाग्छ
कोकेनवाला-अनि त्यो कैले कैले आउने रातो कपाल गरेकी छे नि त्यो कहाँ गई?
१-ए त्यो अँ त्यसको नाम कुमारी


अँ प्रसङ्ग फेरौँ न अब
तर प्रकृति भनौँ या भगवान भनौँ
जो जसले बनाए पनि नारीलाई क्या बनायो यार।
म त प्रकृतिकै ऐठन क्रियचर नारी लाग्छ भन्या।
जति बुझ्न खोज्यो उति नै नबुझेको जस्तो।
नारीदेह बनाउँदा कति समय लगाको होला है।
कापमा कोपेको होल
नाइ नाइ त्यो होल होइन
त्यो त ब्लाक होल हो ।
यु नो म्यान दिस वल्ड इज बिलोङ्ग टु ब्लाक होल
सो कल्ड ब्लाक होल।
     नाम मात्र कुमारी हो यो। के लाग्छ तँलाई त्यो केटी भर्जिन छे?
कोकेनवाला-हे यु मरुन किप युर माउथ अफ यु ब्लोडी बास्टर्ड!
१-अँ रमिता चै तँलाई माल लाग्छ अनि कुमारी चै गतिली
मलाई त दुबै उस्तै लाग्छ। तैँले रमिता र फुलकुमारीलाई किन छुट्टाछुट्टै ‍नजरले हेर्छस्?प्रेम भनेको केहो? तैँले कसलाई चै बढि माया गर्छस्?
कोकेनवाला-(लठ्ठिएका आँखा देखाउँदै) अँ मेरो विचारानुसार
प्रेम व्यक्तिपिच्छे फरक हुन्छ।प्रेमबारेमा मेरो छुट्टै राय छ
अलिक पृथक छ।


१-अँ सुनौ न त तेरो परिभाषा , तेरो सो कल्ड फिलोसोफी
कोकेनवाला-अँ मेरो विचारमा प्रेम व्यक्तिपिच्छे फरक फरक हुने गर्दछ।कसैलाई देख्दा मांसल प्रेमवाला विचार आउँछ भने कसैलाई देख्दा भने आत्मिक प्रेमवाला विचार
सो कल्ड विचार आफ्ना आफ्ना विचार
आफ्नै विचारले त हो जीवन जिउने।
म त कुमारीलाई चोखो माया गर्छु
तर रमितालाई भने अर्कै तरिकाको मांसल प्रेम गर्छु।
आजकल मार्केटमा मांसल प्रेम छ्यापछ्याप्तै पाइन्छ रे।
तँलाई था छ रमितालाई मैले मेसेजमा के लेखेको छु?
१-नभनी कसरी था हुन्छ र ?
कोकेनवाला-ल सुन मैले रमितालाई पठाएको मेसेजको स्वरुप यस्तो छ:


प्रिय तिम्रो प्रेम पाउन म हजार बार स्खलित भएँ।
लाखौँ बार शिथिल भएँ
तर पनि तिमी मौन छौ शान्त छौ।
तिम्रो त्यो अप्सरारुपी शरीरले मलाई मागिरहेछ।
आउ तिमी हामी एक हौँ अनन्तसम्म ।
प्रेम यत्र तत्र सर्वत्र हुन्छ।
प्रेम घरदेखि जङ्गलसम्म हुन्छ।
प्रेम मात्र सबै प्रयाप्त हुँदैन ।
अब हामीले बुद्द लेनिन जन्माउनुपर्छ।
यो दुनियाँलाई नयाँ रुप दिनुपर्छ।
१-एक दुईवटा लाइन कता कता सुनेजस्तो लाग्यो त हाउ
कोकेनवाला- क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको प्रितबाट लिइएको हो।
१-यसरी अर्काको लेख चोर्न पाइन्छ ?
कोकेनवाला-किन नपाउनु उनले पनि त डल हाउसको कपी गर्या छन् नि हो।यो दुनियाँ कपी र पेस्टमै अड्किएको छ।
बस अलिकति रुपरेखा चै फरक पार्नुपर्छ।
तँलाई त थाहै छ होला नि
नाट्यसम्राट समको भनाइ"ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ"।
यो भनाइ अस्तित्वादी सोरेन किर्केगार्डको भनाइबाट प्रभावित छ। के गोपालप्रसाद रिमाल भगवान हुन्?
के सम भगवान हुन्?हाम्रा महाकवि त विलियम सेक्सपियर,विलियम वर्डवर्थबाट प्रभावित छन्।
कोही न कोहीबाट प्रभावित भएकै छन्।
कपी नगर्न त इपुमा जन्मिनु पर्छ।
जस्तो कि प्लेटो अरस्तु सुकरात भर्जिल होमर
लेट्स ह्याभ अ कफी
वेटरलाई ब्लाक कफी बनाउन अाग्रह गर्दै कोकेनवाला
१लाई महान दार्शनिक सोरेन किर्केगार्डको बारेमा सुनाउन थाल्छ।
१चै मन्त्रमुग्ध भइ बस्छ।


साहित्यमा कार्ल मार्क्सको द्दन्दात्मक भौतिकवाद पछिको प्रभाव पार्ने भनेकै अस्तित्ववाद हो। अस्तित्वादलाई अगाडि बढाउन जाँ पाल सात्र ,हेड्गर र नित्सेले महत्वपूर्ण भूमिका खेलेका छन्।
उनीहरु अस्तित्ववादका पिताका रुपमा सोरेनलाई नै मान्छन्।
तर अलिकति भने फरक पाइन्छ । सोरेन अनीश्वरवादी थिएनन् तर उनीहरु भने अनीश्वरवादी थिए। सोरेन भगवानको अस्तित्वलाई स्विकार्थे। टन्न पढेका सोरेनलाई पैसाको कमी थिएन।उनका बुवाले आफ्नो बाल्यकाल दुखदमा बिताए पनि आफ्ना सन्तानलाई भने कहिल्यै कमी हुन दिएनन्।


सोरेन सधैं चिटिक्क परेर हिड्थे,तर उनको मन स्थिर थिएन।
उनी खाली आफ्नो अस्तित्व केहो भन्दै ज्ञानको खोजीमा भौंतारिन्थे।उनको भाषणमा दम थियो।
जस्तोसुकै प्रश्नको पनि उत्तर दिन सक्थे।उनले भनेका थिए,"अहिले तिमीहरु मेरो कुरा पत्याउँदैनौ तर म मरेपछि भने मेरो खुब चर्चा हुनेछ।उनले भनेजस्तै भयो।
उनी मरेपछि उनको विद्दताको खुब चर्चा गरियो।
उनको विचारलाई लिएर अनेकौं कृतिहरु लेखियो।
हाम्रो नेपालमा पनि उनको विचारको प्रभाव देख्न सकिन्छ।


कोकेनवाला-चुरोटको सङ्केत गर्दै चुरोट मगाउँछ।
चुरोट आएपछि उ देब्रे हातले चुरोट समाउदै तान्न थाल्छ।
१-हैन तैँले किन देब्रे हातमा चुरोट राख्छस्?
कोकेनवाला-अरे यार दाइने हातले ह्यान्डचेक गर्न पर्छ।
नखाने मान्छेलाई कुनै सङ्कोच नहोस् भनेर देब्रे हातले चुरोट समाउने गर्दछु।अनि फेरि लेड जेप्लिनको भोकलिस्ट रोबर्ट प्लान्टले नि देब्रे हातले चुरोट च्याप्छ।


१-अनि तैँले खुक्स खाँदैनस्?
कोकेनवाला- खुक्स ? यु मिन पाटनका ननफिक्सन गल्लीमा फिक्सन माइन्ड लिइ हिड्ने घाटकोटी हुँ र म?
खुक्स सल्काउनलाई ? म सूर्य खान्छु सूर्य बुझिस्।
‍मलाइ घाटकोटी बडा ऐठन लाग्छ यार।धन्न नेपालमा घाटकोटी जन्मियो र नेपाली साहित्यमा नयाँ स्वाद चाख्न पाइएको छ।
नत्र नेपाली साहित्य उहि पुरानै सामाजिक यथार्थवाद भन्दै कुवाको भ्यागुतोजस्तो कुवामै रहन्थ्यो।
तर बुढा केके लेख्छन् केके
केही बुझ्नै नसकिने भन्या।
तर उनको कृति पढ्दापढ्दै कैले लियो टाल्स्यटायको प्रसङ्ग आउँछ त कहिले म्याक्सिम गोर्की।
एकताका बुढा लियो टाल्स्यटायसित तिम्रो लास गाड्ने शैली बुुर्जुवा भन्दै वाद प्रतिवाद गर्दै थिए।
यसैगरि हलिउडका पात्रहरु नि खुब आउँछन्।
त्यहि भर घाटकोटी सारै अख्खा लाग्छ। आँखामा राखेपनि नबिझाउने मान्छे जस्तो लाग्छ हाउ घाटकोटी त ।


एक्कासि नाटकघरमा चुक पोखिएजस्तो चकमन्न छाउँछ। एकैछिनमा फेरि पर्दा खुल्छ । यस पालीको सिन अलिक फरक छ। एउटा झुपडी देखिएको छ।जुन झुपडी हेर्दा तराईको कुनै गाउँको झल्को दिन्छ। खाटमा कुनै भलाद्मी मान्छे बसेको छ।

भुईँमा गुनरिया बसेकी छे। भलाद्दमीले एकोहोरो गुनरियालाई हेरेको छ।उ मनमनै गुनरियालाई पराउन थालिसकेको थियो।
कता कता उसित बिहे गरेको कल्पना गर्दै मुसुमुसु हाँस्न थालिसकेको थियो।

भलाद्दमी-गुनरिया तिम्रो चुमौन कैले हुन्छ
गुनरिया-पता नहि
भलाद्दमी-किन हुन सकेको छैन
गुनरिया-हमारा बापुजिके साथ इतना पैसा न होगइल बा
भलाद्दमी-उसो भए सधैंभरि घरमै बस्छौ?
(गुनरिया मौन छे,एक्कासि रुँदै घरभित्र पस्छे।)
 
एक्कासि नाटकघरमा जङंगलको सिन आउँछ।
घना जङ्गलको बीचमा कोकेनवाला र १ ठिङ्ग उभिएका छन्।
त्यहाँ बीचमा एउटा सुन्दर मनमोहक कुण्ड देखिन्छ।
कुण्ड जाने बाटोमा रङ्गीचङ्गी फूलहरुले कुण्डको सुन्दरता बढाएको छ।कुण्डमा केही चलमलाएको आवाज आउँछ।
कोकेवाला र १ खुसुक्क लुकेर हेर्न थाल्छन्।

उनीहरु देख्छन् एक जोडी प्रेमिल आत्मा एक अर्कासँग सर्प बेरिएजस्तो बेरिएका छन्।उनीहरु क्रिडामा मस्त छन्।
उनीहरुको मुखबाट आएको आवाजले जङ्गल रोमाञ्चित भएको छ।कोकेनवालालाई कता कता ती जोडी विपि कोइरालाको 'सुम्निमा'उपन्यासको सोमदत्त र सुम्निमा लाग्छ।
कोकेनवाला अचम्म पर्छ,होइन पात्रहरु आजकल जिउँदो हुन थालेछन् कि क्या हो?अस्ति अङ्गुरमान बाटोमा भेटियो।
ह्वाट अ सेन्टिमेन्टल फ्लावर भन्दै गाली गर्दै थियो।
ती रतिक्रिडामा मस्त जोडीलाई  त्यहाँ कोही भको आभाष हुन्छ।

सोमदत्त हत्तपत्त धोती खोजेर लगाउँछ तर सुम्निमा भने आफ्ना सुन्दर आकर्षित वक्षस्थल देखाएर बस्छे। उसमा कुनै लाज सङ्कोच छैन।किनकि उसको संस्कारले उसलाई यस्तै सिकाएको छ। उ किराँती हो तर सोमदत्त बाहुन
अचम्मै छ प्रेमले जातभात भन्दैन।प्रेमले संसारका सबै पर्खाल नाघ्छ । कोकेनवाला र  १ त्यहाँबाट रफादफा हुन्छन्।


कोकेनवालाले हतार हतार चुरोटको बट्टा खोली चुरोट सल्काउँदै भन्न थाल्छ।अँ अचम्मै भयो त!आजकल पात्र जिउँदो हुन थालेछन्।सर्जक मरेर जाने रहेछ तर पात्र इम्मोर्टल हुँदो रहेच। सोमदत्त र सुम्निमाको आत्मा

कुण्डको वरीपरी भड्केको छ।हुन त विपि कोइराला पनि स्वर्गमा सोमरस खाँदै रफतको सङ्गीतमा मस्त होलान ।  अप्सरासित मस्किदै आफ्ना पात्रहरुको बारेमा भन्दै होलान्।

No comments

Powered by Blogger.